धर्मपुत्री पाल्ने मनिषाको घोषणा

86
  •  
  •  
  •  

काठमाडौं, ३ भदौ (ओएनएस) : क्यान्सरलाई जितेर जीवन जिउन सफल बलिउड अभिनेत्री मनिषा कोइरालाले फेरी घरजम गर्न बताएकीछन् । यो पटक भने उनको घरजम कुनै पुरुषसँग नभएर सानी बच्चीसँग हुने भएको छ । बढ्दो उमेरसँगै परिवारमा जिउने इच्छा पलाएको भन्दै मनिषाले धर्मपुत्री पाल्ने र उँसैसँग रमाउदै जीवन जिउने निर्णय गरेकी हुन् ।

manishaभारतको सिमन्धारविश्वविद्यालयको कार्यक्रममा बोल्दै मनिषाले भनिन्, ‘हो अब म आफ्नै तरिकाले पारिवारीक जीवन जिउने तयारीमा छु ।’ उनले थपिन्, ‘मैले क्यान्सरमाथि विजय हासील गरेको ३ बर्ष पुग्दैछ, यसको खुसियालीमा म कुनै अनाथलाई जीवन र आफूलाई परिवारको जिम्मेबारीमा बाध्न चाहान्छु ।’

फेरी विवाह गर्र्ने या नगर्ने भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘म जहिले पनि गलत मानिषको प्रेममा परे । पिडासँगै ति प्रेमको अन्त्य भयो । हेरौ जीवनमा साच्चै माया गर्ने कोही पाए सोच्न सक्छु ।’ मनिषाको भनाइलाई उदृत गर्दै भारतिउ संचारमाध्यमले जनाएकाछन् कि मनिषा अझै पनि पवित्र मायाको खोजीमाछन् ।


  •  
  •  
  •