फुटबलर बिमल घर्तीकी बहिनी मनिषाको हत्या

347
  •  
  •  
  •  

नवलपरासी, १३ जेठ(ओएनएस) : नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फुटबलर बिमल घर्तीमगरकी बहिनीको हत्या भएको छ ।

बुधबार राति नवलपरासी बर्दघाट नगरपालिका-८ भानुनगरस्थित आफ्नै घरमा बिमलकी बहिनी १७ वर्षीया मनिषा घर्तीमगरको हत्या भएको हो ।

बिमलकी आमा राति घरमा नभएको र मनिषा एक्लै भएको अवस्थामा उनको हत्या भएको बताइएको छ । बिमलकी आमा बुटवल गएका कारण मनिषा घरमा एक्लै थिइन् । १७ वर्षकी मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् ।

गाउँलेहरूले उनलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा लगिएको छ ।

हत्यामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनको बलात्कार समेत भएको हुन सक्ने आशंका पनि गरिएको छ । तर, प्रहरीले यससम्बन्धमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यसबारे प्रष्ट हुने बताएका छन् ।

तस्विर ः नागरिकबाट


  •  
  •  
  •