तिमी अस्तायौँ त्यो दिन

59
  •  
  •  
  •  

तिमी अस्तायौँ त्यो दिन
म भने भोलि फेरि तिमी फर्कने आसमा बाँचिरहे
तर भोलि फेरि बिहानै उदाएको सूर्यले
तिमिलाई कहिल्ये फिर्ता ल्याउन सकेन

त्रिसुलिको उर्लदो भेलसँगै
सारा रहस्यहरू तिमिले आफुसँगै
बगाएर पर पर लिएर गयौँ
मागिरह्यो जवाफ समयले दासढुङ्गाको
त्यो काखसँग जहाँ तिमी समाहित भयौँ

रुपा थापा

तिमी मौन त्यो उर्लदो भेल पनि मौन
रहस्यका गर्भहरू फेरि पनि मौन
रहस्यहरू बोकेको त्यो दासढुङ्गापनि मौन
शुन्यतासँग नतोडिएको रहस्यको त्यो मौनता
अह कहिल्ये पनि तोडिएन

सायद त्यस दिन आकासमा उडिरहेका
बाजका तेजिला आँखाहरूले
पक्कै केहित देख्यो
तर उ आकासबाट ओर्लेन जमिनमा
उ उडिरह्यो आकासमा त्यसरी नै
रहस्यका ती पंखहरूलाइ पर-पर बोकेर

एउटा रहस्य बनेर तिमी फर्किएनौँ
तर तिम्रा विचारहरू जिवितै रहे
तिम्रो विचारलार्इ स्विकार्ने हिजोको
त्यो कलिलो मस्तिष्कमा
म कहिल्यै पनि धमिराहरू लाग्न दिने छैन

तर अन्तिम समय सम्म म सोधिनै रहनेछु
इतिहासको गर्भमा त्यस दिन के भएको थियो
जुन रहस्यलाइ पोको पारेर
निदाइरहेछ दासढुङ्गा
अनि निदाइरहेछौ चिर निन्द्रामा
प्रिय कमरेड मदन भण्डारी
अनि प्रिय कमरेड जीवराज आश्रित

हार्दिक श्रद्धा सुमन प्रिय कमरेड मदन भण्डारी
अनि प्रिय कमरेड जीवराज आश्रित


  •  
  •  
  •