इंग्लिस प्रिमियर लिगः म्यान्चेष्टर युनाइटेडको जीत

186
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (एजेन्सी) : इंग्लिस प्रिमियर लिग अन्तर्गत गय राति भएको खेलमा म्यान्चेष्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई स्तब्ध तुल्याएको छ।

क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले हराउँदै म्यानचेस्टरले उत्कृष्ट पुनरागमन गरेको हो।

एन्द्रोज टाउन्सेन्डले गोल गर्दै क्रिष्टल प्यालेसलाई सुरुवात अग्रता दिलाएकोमा ४८ औं मिनेटमा प्याट्रिक भ्यान आनहोल्टले एक गोल थप्दै अग्रता दिलाए। ५५ औं मिनेटमा क्रिस स्मलिङले गोल गर्दै प्यालेसको अग्रता छोट्याएका थिए । स्मलिङले भ्यालेन्सियाको क्रसमा गोल गरेका थिए।

७६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेल बराबरीमा पु¥याए । इन्ज्युरी समयमा नेमान्जा माटिकले गोल गरेपछि प्यालेसका समर्थक स्तब्ध भएका थिए ।

प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टरले २९ खेलबाट ६२ अंक जोडेको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको समान खेलबाट ७८ अंक छ। तेस्रो स्थानको लिभरपुलको ६०, चौथो स्थानको टोटनह्यामको ५८ र पाँचौ स्थानको चेल्सीको ५३ अंक छ।


  •  
  •  
  •