म्यानचेस्टर सिटीको अपराजित यात्रामा लिभरपुल बाधक

326
  •  
  •  
  •  

काठमाडौं, १ माघ (एजेन्सी) : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा लिभरपुुल बाधक बनेको छ।

लिग अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा लिभरपुलसँग ४–३ ले पराजित भएपछि सिटीको अपराजित यात्रामा ब्रेक लागेको हो।

लिगको २३ औँ खेलमा म्यानचेस्टर सिटी पहिलो पटक पराजित भएको हो।

लिभरपुलको जीतमा ओक्सलेड चेम्बरलेन, रोबर्टो फिरमिनो, साडिओ माने र मोहम्मद सालहले एक–एक गोल गरेका हुन्।
म्यानचेस्टर सिटीका लिरोय साने, बेर्नार्डो सिल्भा र गुन्डोगानले एक–एक गोल गरेका थिए। तर, हार टार्न सकेनन् ।

सिटी २३ खेलबाट ६२ अंक जोड्दै लिगको शीर्ष स्थानमा कायमै छ।

म्यानचेस्टर युनाइटेड एक खेल कम खेल्दै ४७ र २३ खेलबाट ४७ अंक नै जोड्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ।

चौथो स्थानको चेल्सीको ४७ अंक नै छ। पाँचौ स्थानको टोटनह्यामको ४४ र छैटौं स्थानको आर्सनलको ३९ अंक छ।


  •  
  •  
  •