एफए कपको उपाधी म्यानचेष्टर युनाइटेडलाई, प्यालेस पराजित

146
  •  
  •  
  •  

काठमाडौँ, ९ जेठ(ओएनएस) : म्यानचेष्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । गयराति सम्पन्न खेलमा अतिरिक्त समयमा भएको गोलको मद्दतले क्रिस्टल प्यालेसलाई पराजित गर्दै युनाइटेडले उपाधी जितेको हो ।

बेम्वलीमा भएको फाइनलमा युनाइटेडले क्रिष्टललाई २-१ गोलअन्तरले पराजित गरेको हो । खेलको ७८ औँ मिनेटमा पन्चनको गोलबाट क्रिष्टल प्यालेसले अग्रता लिएको थियो । त्यसको ३ मिनेटपछि माटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए र निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

म्यानचेष्टर युनाइटेडका स्माइलिङ रातो कार्ड खाएपछि खेलको १०५ मिनेटमा मैदानबाट बाहिरिए र टोली मात्र १० खेलाडीमा सिमित हुन पुग्यो । तर, खेलको ११० औँ मिनेटमा लिनगार्डले गोल गरेपछि म्यानचेष्टर युनाइटेडले उपाधी जित्न सफल भयो ।


  •  
  •  
  •