मानव बेचबिखनविरुद्ध संसदले प्रभावकारी भुमिका खेल्ने

269
  •  
  •  
  •  

काठमाडौ । मानव बेचबिखनविरुद्ध प्रभावकारी अभियानकालागि संघीय संसदबाट आवश्यक पहल गरिने भएको छ ।

शक्ति समूह र एटविनको संयुक्त आयोजनामा राजधानीमा भएको संघीय संसदका सांसदहरुसंगको परामर्श बैठकमा सहभागी सांसदहरुले मानव बेचबिखन एउटा जघन्य अपराध भएकोले त्यसको न्युनीकरणका लागि आवश्यक भुमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

मानव बेचबिखन विरुद्धका कार्यकालागि विधमान ऐन कानुन र नियमहरु पर्याप्तन भएकोले र भईरहेका ऐन नियमलाई संशोधन गर्ने र अझ प्रभावकारी बनाउनका लागि राज्यलाई थप जिम्मेवार बनाउन निर्देशन गर्ने सांसदहरुले बताएका छन् ।

प्रतिनिधि सभा कृषि तथा सहकारी समितिका सभापति एवं पुर्व उपसभामुख पुर्णकुमारी सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संसदका अन्य समितिहरुसँग पनि परामर्श गरी मानव बेचबिखन, स्वदेशफिर्ती र पुनःएकीकरण लागि ऐन निर्माण तथा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संसोधन तथा पार्लेमो आलेखको अनुमोदनका लागि प्रतिबद्धता व्यक्त गरेका गरेकी थिइन् ।

दिगो विकास समितिका सभापति तारादेबी भट्ट, विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्का, कार्यक्रममा सांसद डा.बिन्दा पाण्डे, सांसद राजबहादुर बुढा, शान्ति पाख्रीन, शक्ति समुहका अध्यक्ष चरिमाया तामाङ, बरिष्ठ पत्रकार एवं शक्ति समूहका सल्लाहकार टंक पन्त, एटविनका अध्यक्ष नातिसरा राई र कार्यकारी निर्देशक बेनुमाया गुरुङ, शक्ति समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामी, दिलिप कोइराला, सरला तामाङ, रीना विक, नर्बदा सोराली मगरले बिषयवस्तुका बारेमा प्रकाश पार्र्दै प्रभावितहरुको उद्धार, स्वदेशफिर्ती, पुर्नस्थापना र पुनःएकिकरणमा भएका समस्या तथा चुनौतिहरुलाई उजागर गर्दे समाजलाई नै रुपान्तरण गर्न सबै एकीकृत हुनुपर्ने कुरामा जोड दिएका थिए ।


  •  
  •  
  •