मन्त्रिपरिषद् बैठकका ८ निर्णय

283
  •  
  •  
  •  

काठमाडौं । सरकारले पाँच जना श्रीलंकन नागरिकको जरिवाना र भिसा शुल्क मिनाहा गर्ने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकलाई निष्काशन गरिएको जानकारी गराए ।

उनले भने, ‘गैरकानुनी रूपमा नेपाल बसिराखेका पाँच जना श्रीलंकन नागरिकहरूको दुई लाख ५० हजार रुपैयाँ जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निष्काशन गर्ने निर्णय गरिएको छ ।’

यस्तै सरकारले नेपाल र जर्मनका परराष्ट्र मन्त्रालयबीच द्धिपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशयपत्रमा नेपाल सरकारतर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृत दिइएको छ ।

हेर्नुहोस् ८ मन्त्रिपरिषद् बैठकका निर्णय 

१. गैरकानूनी रुपमा नेपाल बसिरहेका पाँच जना श्रलंकन नागरिकको दुई लाख पचास हजार रुपैयाँ र ३७ हजार तीन सय ८० अमेरिकी डलर भिासा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरिएको छ ।

२.नेपाल र जर्मनका परराष्ट्र मन्त्रालयबीच द्धिपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशयपत्रमा नेपाल सरकारतर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृत दिइएको छ ।

३.तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधानर तथा यातयात मन्त्रालयमार्फत साझा यातयात सहकारी संस्था लिमिटेडलाई तीन अर्व रुपैयाँ नेपाल सरकारको शेयर लगानीका रुपमा उपलव्ध गराउने निर्णय गरिएको छ ।

४.प्रदेश हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको काम समेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ ।

५. बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्ने निर्णय गरिएको छ ।

६.प्रत्येक प्रदेशका नगरपािलका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीनवटा महिलासहित सातजनालाई नगर विकास कोष सञ्चालन समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

७. राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा श्री नारायणप्रसाद बास्तोलालाई नियुक्त गरिएको छ ।

८.नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी(अठारौं संशोधन नियमावली २०७६) स्वीकृत गरिएको छ ।


  •  
  •  
  •