मनाङमा हिमपहिरोले एक जनाको मृत्यु, एक वेपत्ता

412
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन(ओएनएस) : मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । हिमपहिरोमा एक जना वेपत्ता भएका छन् ।

हिमपहिरोमा परी धादिङका अजय ढकालको मृत्यु भएको हो । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । ढकाल ट्रेकिङ गाइड हुन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए ।

मनाङको निस्याङ गाउँपालिका( १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला पारिएको मनाङ प्रहरीले बताएको छ ।
सोही हिमपहिरोमा परेका नेदरल्याण्डका नागरिक भिनसेन्ट भने अझै फेला पर्न सकेका छैनन् ।

मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । त्यसलगत्तै खोजी कार्य शुरु गरिएको थियो । शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझपख फेला परेको थियो । ढकालको शव पोष्टमार्टम गरेर शनिबार आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

नेदरल्याण्डका नागरिक भिनसेन्टको भने खोजी कार्य जारी रहेको मनाङ प्रहरीले बताएको छ ।


  •  
  •  
  •