मनाङमा पहिरोले थुनिएको मर्स्याङ्दी नदीको बहाव आंशिक रुपमा खुल्यो

160
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढीले मनाङ सदरमुकामको चामेमा मर्स्याङ्दी नदी थुनिएको छ । चामे बजारकै बीच भएर बग्ने घट्टेखोलाले बगाएर ल्याएको काठका मुडा र ढुंगामाटोको थुप्रोले मर्स्याङ्दी नदी थुनिएको हो ।

मनाङको मनाङ निसाङ गाउँपालिका ४ हुम्देमा पहिरो खसेर नदी थुनिएकोमा अहिले बहाव खुलेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको लामिछानेले जानकारी दिए । मनाङसँगै मर्स्याङ्दी करिडोरमा पर्ने लमजुङ र तनहुँका बासिन्दासमेतलाई आग्रह गरेको छ ।


  •  
  •  
  •