मनाङमा बाढीका कारण फसेका ३५ जनाको हेलिकप्टरबाट उद्धार

119
  •  
  •  
  •  


काठमाडौं । मनाङमा भीषण बर्षासँगै आएको बाढीमा फसेका ३५ जनाको उद्धार गरिएको छ । तीन दिनदेखि बाढीका कारण फसेका मनाङ नासोँ गाउँपालिका तालका स्थानीयको बिहीबार उद्धार गरिएको हो ।

मनाङका निवर्तमान सांसद पाल्देन गुरुङसहितको उद्धार टोलीले मनाङको नासोँ गाउँपालिका– १, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा उद्वार गरेको छ । नासोँ गाउँपालिका– ५, थोंचेका ११ जनालाई उद्धार गरी चामेमा लगिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

यस्तै, नासोँ गाउँपालिका ६, ताम्राङमा रहेका १६ जनाको उद्धारको गर्ने प्रयास भइरहेको लामिछानेको भनाइ छ । बाढीका कारण भौगोलिक रूपमै समस्यामा परेकालाई उद्धार गरिएको छ भने सुरक्षित ठाउँमा बसेकालाई ठाउँठाउँमा राहत पु¥याइएको गुरुङले बताए ।

उनले ३ मंगलबारदेखि बाढी प्रभावितको उद्धार गर्न प्रयास गरे पनि मौसम खराबीका कारण उद्धारमा ढिलाइ भएको बताए । उनले चामेमा पानीको अभाव भएपछि निजी हेलिकोप्टरमार्फत खानेपानीसमेत लगेका छन् । मनाङको नार्पाभूमि गाउँपालिकाको फु गाउँको लेकमा ७५ जना फसिरहेका छन् । हेलिकोप्टर उनीहरूको अवस्था बुझेर फर्केको छ ।


  •  
  •  
  •