मनाङमा बाढी, ताल गाउँ डुबानमा, बेलिब्रिज र विद्युत्गृह बगायो

155
  •  
  •  
  •  


लमजुङ । मनाङमा लगातारको वर्षापछि आएको बाढीले तालगाउँ डुवानमा परेको छ । यस्तै बाढीका कारण विद्युतृह, बेलिब्रिज र काठेपुल बगाएको छ । सोमबार रातिबाट
परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्‍याएको छ ।

नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । करिब ५६ घरधुरी रहेको उक्त

गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ आएका छन् । जिल्ला प्रहरी कार्यालय, मनाङका अनुसार घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ । पुल थुनिँदा यसअघि बगाउन लागेको एउटा घर र थप काठका ३ वटा घर बगाएको छ ।


  •  
  •  
  •