मनमोहनले शुरु गरेका योजना हामी पूरा गर्छौं : प्रधानमन्त्री

77
  •  
  •  
  •  

काठमाडौं, १३ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल शुरु गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री एवं तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा शुक्रबार सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मनमोहनले शुरु गरेको आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको बताए ।

‘मनमोहन अधिकारीले विकासको नयाँ मोडेल,सामाजिक सुरक्षा,अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज शुरु गर्नुभयो’ प्रधानमन्त्री ओलीले भने ‘ उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्छ ।’

प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल शुरु भएको बताए ।
‘उहाँले ती समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर उहाँसँग समय रहेन’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौत मार्फत द्वन्द्वको समाधान ग¥यौं र राजतन्त्र सदाका लागि विदा ग¥यौं ।’
प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यती बेलै धेरै काम गर्न खोजेको बताए ।  उनले भने, ‘उहाँले शुरु गरेको विकास र समृद्धिका योजना हामी पूरा गर्छौं ।’


  •  
  •  
  •