सोमबार मनकामना मन्दिरको गजुर निकालिने

284
  •  
  •  
  •  

फाइल फोटो
फाइल फोटो

काठमाडौ, २४ जेठ(ओएनएस) : गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि बन्द रहेको मनकामना केबलकार आजबाट सञ्चालनमा आएको छ । १२ गतेको भूकम्पपछि बैशाख २७ गते खुलेको केबलकार २९ गते आएको अर्को भूकम्पपछि बन्द केबलकार आजबाट सञ्चालनमा आउन लागेको हो ।

पूजाआजाका लागि मन्दिर नखुलेपनि केबलकार भने सञ्चालनमा आएको छ । बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनको सहजताका लागि केबलकार सञ्चालनमा ल्याइएको केबलकारले जनाएको छ । केबलकार बन्द भएपछि स्थानीय बासी पनि प्रभावित भएका थिए ।

सोमबार मन्दिरको गजुर निकालिने

भूकम्पका कारण क्षति पुगेको मनकामना मन्दिरको गजुर सोमबार पूजा गरेर निकाल्ने तयारी भइरहेको मन्दिरका पुजारी इन्सान थापा मगरले जनाएका छन् । गजुर निकालेर मन्दिर भत्काउने कार्य सुरू गरिने उनले बताए । मन्दिर भत्काइएपछि भित्र टिनले बारेर देवीको पूजा गरिने बताइएको छ ।


  •  
  •  
  •