मनकामना मन्दिर पुनःनिर्माण लागि यसरी मागियो क्षमा…(तस्विरसहित)

201
  •  
  •  
  •  

manakamana reconstruction5काठमाडौ, १५ फागुन(ओएनएस) : मनकामना मन्दिरको जिर्णोद्धार अर्थात् पुनःनिर्माणका लागि आज क्षमा पूजा गरिएको छ । गोरखाको मनकामना नमुना गाविसमा रहेको मनकामना मन्दिर पुनःनिर्माणका लागि साइत हेर्नका लागि क्षमा पूजा गरिएको हो ।

manakamana reconstruction6गत माघ २९ गते पूरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालको प्रमुख आतिथ्यमा बसेको बैठकले गरेको निर्णय अनुसार आज क्षमा पूजा गरिएको हो । क्षमा पूजा गरेपछि फागुन मसान्तभित्रमा साइत हेरेर मन्दिर पुनःनिर्माणको काम सुरू गर्ने जिर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

manakamana reconstruction2मन्दिर पुनःनिर्माणका क्रममा पनि दर्शनार्थीहरुलाई मन्दिर दर्शन र पूजाको लागि व्यवस्था मिलाईने मनकामना मन्दिरका पुजारी ईनशान थापाले बताए । अहिलेसम्म मनकामना मन्दिर जिर्णोद्धारका लागि नेपाल सरकारबाट ४ करोड तथा भक्तजनहरुबाट चन्दा स्वरूप ४ करोड गरि ८ करोड रकम जम्मा भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

manakamana reconstruction3तीन जना कर्मचारी नै राखेर मन्दिर प्रांगणमा घुम्ती संचालन गरि दिनमा २० देखी ६० हजार सम्मको रकम भक्तजनहरुबाट रकम संकल गर्ने कार्य भईरहेको छ ।

manakamana reconstruction4२०६८ सालमा मन्दिर जिर्णोद्धारका लागि ८ करोड लाग्ने अनुमान गरिएकोमा अहिलेको मुल्य अनुसार ११ करोड भन्दा माथी लाग्ने अनुमान गरिएको अध्यक्ष थापाको भनाई छ ।

manakamana reconstruction1मन्दिरको बुट्टा भर्ने काम ८० प्रतिशत भईसकेको पनि मनकामना मन्दिर जिर्णोद्धार समितिले जनाएको छ ।


  •  
  •  
  •