मनकामना मन्दिरको जिर्णोद्धार सुरू, गजुर निकालियो

179
  •  
  •  
  •  

manakamana temple9गोरखा, २५ जेठ(ओएनएस) : गोरखाको मनकामना नमुना गाविसमा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना माताको मन्दिरको जिर्णोद्धार आज देखी सुरू भएको छ । आज बिहान ११ बजे धार्मिक विधि अनुसार साईत हेरी गजुर पूजा गरेर निकालिएको हो ।

प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, स्थानीय, जिर्णोद्धार समिति पुरातत्व विभागका कर्मचारी लगायतको उपस्थितिमा गजुर झिकेर  मुचुल्का गरि मन्दिरमा रहेको सुनको गजुर मन्दिरको आडैमा रहेको भजन मण्डलीमा सुरक्षा दिएर राखिएको छ ।

manakamana temple8मन्दिर जिर्णोद्धारका लागि प्रारम्भिक काम पहिले देखी नै सुरु भए पनि साईत हेरेर सोमबार गजुर निकालिएको हो । गजुरको सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्र बाबु श्रेष्ठले बताए ।

केबलकार आईतबार देखी संचालनमा आएपछि दर्शनार्थीहरुको भीड लागेकोले मन्दिर बाहिर नै टहरा बनाई पूजा गर्ने व्यवस्था मिलाईने पनि संयोजक श्रेष्ठले बताए ।

manakamana temple7मन्दिर जीर्णोद्धारका २०६८ सालमा ८ करोड खर्चको अनुमान गरिएको भए पनि हालको बजार मूल्य अनुसार ११ करोड भन्दा माथी लाग्ने छ, नेपाल सरकारबाट ४ करोड र भक्तजनहरुबाट ४ करोड गरि ८ करोड संकल भईसकेको छ, जसमध्ये ४ करोडको सुन किनिसकेको र बाँकी रकमले काठको काम गरियो अझै रकमको अभाव छ, संयोजक श्रेष्ठले भनाई छ । मन्दिर परिसरमा कर्मचारी राखेर नै जीर्णोद्धारका लागि माईकिङबाट सहयोग गर्न अपिल भइरहेको छ ।

पूजारी ईन्सान थापाले पूजाको व्यवस्था कसरी मिलाईने भनेर स्थानीय जीर्णोद्धार समिति लगायतसँग छलफल गरेर टुंगो लगाईने बताए । पूजा बाहिरबाट गर्न पूजारी ईन्सान थापाले इन्कार गर्दै आएको छ । पूजा बाहिरबाट भए पनि गर्नुपर्ने स्थानीयहरुको माग रहेको छ तर, बाहिरबाट पूजा गर्न नमिल्ने पूजारी थापाको भनाई छ । प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमिल्सिनाले गजुर लगायत मन्दिरको महत्वपूर्ण पुरातात्विक सामाग्रीका लागि सुरक्षाको व्यवस्था मिलाईने बताए ।


  •  
  •  
  •