प्रहरीले रेड नोटिस जारी गरेपछि दीपक मनाङेको खोजी १ सय ९२ देशमा

313
  •  
  •  
  •  

काठमाडाैँ , ४ चैत (ओएनएस) : प्रहरीले रेड नोटिस जारी गरेपछि दीपक मनाङेको खोजी १ सय ९२ देशमा हुन थालेको छ।

नेपाल प्रहरीको इन्टरपोल शाखाले केही दिनअघि मनाङेको नाममा रेडकर्नर नोटिस जारी भएकाे प्रहरी प्रवक्ता मनोज न्याैपानेले पुष्टि गरे।

प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई खोजी गर्न
प्रहरीले १ सय ९२ देशलाई सुचित गर्दै रेडकर्नर नोटिस जारी गरेको हो।

प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार छन्। उनले सांसदको शपथसमेत लिएका छैनन्। ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।


  •  
  •  
  •