आज काठामाडौमा नाकाबन्दी विरुद्ध मानव साङ्लो

283
  •  
  •  
  •  

काठमाडौं ११ मंसिर (ओएनएस) : भारतको अघोषित नाकाबन्दी तथा तराई मधेशमा जारी आन्दोलनका कारण बालबालीकाको पढाई प्रभावित भएको भन्दै त्यस विरुद्ध मानव साङ्लो प्रदर्शन गरिने भएको छ । नेपाली बालबालिकामा परेको असरलाई अन्तर्राष्ट्रियकरण गर्न विद्यार्थी, शिक्षक, विभिन्न पेशा व्यवसायमा रहेकाहरुले चक्रपथमा मानव साङ्लो प्रर्दशन गर्ने भएका छन् ।

‘बाँच्न र पढ्न देऊ’ भन्ने मुख्य नाराका साथ आज बिहान ११ बजे कलङ्की, सातदोबाटो, कोटेश्वर, चावहिल, महाराजगञ्ज चक्रपथ, बालाजु, स्वयम्भु हुँदै पुनःकलङ्कीसम्म मानव साङलो तयार गर्ने छन् । एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले कार्यक्रममा कुनै प्रकारका कोणसभा या नाराबाजी नगरिने र नारासहित साङ्लो प्रदर्शन गरिने बताए।

साङ्लो प्रदर्शनमा सहभागी हुँदा राष्ट्रिय झन्डा र नाकाबन्दी तथा बालबालिकाको हक अधिकार लेखिएको प्ले कार्ड, ब्यानर हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । तर बालवालीकालाई मानव साङ्लोमा सहभागी नगराउन केन्द्रिय वालकल्याण समितिले आग्रह गरेको छ । विभिन्न दलका भातृ संगठनको पनि सहभागि गराइनेछ ।


  •  
  •  
  •