म्यानचेस्टर युनाइटेड ४–२ ले विजयी

335
  •  
  •  
  •  

मंसिर १३ (एजेन्सी): इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बाट्सफोर्डलाइ ४–२ ले पराजित गरेको छ । यस जितसँग युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी पाँचमा ल्याएको छ तर सिटीले एक खेल कम खेलेको छ ।

वाट्फोर्डकाे घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित निकाल्नको लागि म्यानचेस्टर युनाइटेडको जितमा एस्ली योङले दुई तथा एन्थोनी मार्सल र जेसी लिङगार्डले एक एक गोल गरे । वाट्फोर्डका लागि डिनी र डोउकोउरीले एक एक गोल गरे ।

खेलको १९ र २५ औं मिनेटमा एस्ली योङले र ३२ औं मिनेटमा मार्सलले गोल गर्दै पहिलो हाफमा नै म्यानचेस्टर युनाइटेडलाई ३–० को अग्रता दिलाएका थिए ।

खेलको ७७ औं मिनेटमा पाएको पेनाल्टी मार्फत वाट्फोर्डका लागि डिनीले एक गोल गरेका थिए । ८४ औं मिनेटमा डोउकोउरीले वाट्फोर्डका लागि अर्को गोल गरे तर ८६ औं मिनेटमा लिंगार्डले गोल गरेपछि युनाइटेडको जित पक्का गरेका थिए ।

यस जितसँगै म्यानचेस्टर युनाइटेडको १४ खेलबाट ३२ अंक भएको छ भने एक खेल कम खेलको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३७ अंक छ ।


  •  
  •  
  •