काठमाडौ, ७ पुस(एजेन्सी) : अमेरिकामा एक कुकुरले आफ्नै मालिकलाई गोली प्रहार गरी घाइते बनाएको छ । प्रहरीका अनुसार कुकुरले मानिसलाई गोली प्रहार गरेको यो अनौठो घटना हो । कुकुरका मालिक ४६ वर्षीय रिचर्ड एल फिप्स यस समय हस्पिटलमा आफ्नो उपचार गराइरहेका छन् ।
एक अंग्रेजी पत्रिकामा छापिएको खबर अनुसार रिचर्डलाई सोमवार गोली लागेपछि अस्पतालमा भर्ना गरिएको थियो । रिचर्चले आफ्नो गाडीको एक ब्यागमा लोडेड राइफल राखेका थिए । ब्याग खुल्ला थियो र उनी आफ्नो गाडीबाट हिँऊ निकालिरहेका थिए । यसै क्रममा कुकुर गाडीमा चढ्यो र उसले गोली चलायो । कुकुरले गोली चलाउँदा बायाँ हातमा गोली लाग्यो ।
चिकित्सकहरुले रिचर्डको अवस्थाबारे केही बताएका छैनन्, तर घाऊ ज्यान लिन सक्ने खालको भने छैन् । प्रहरीका अनुसार राइफल लोड नभएको भए उक्त घटना नै हुने थिएन । ब्यागमा लोडे गरेर राइफल राख्नु आवश्यक नै थिएन । एक प्रहरी अधिकारीले आफूले ४२ वर्षको करिअरमा यस्तो पहिलो घटना हो मजहाँ कुकुरले मानिसलाई गोली प्रहार गरेको थियो ।