सडकमा सुतिरहेका १३ मानिसमाथि कार गुडेपछि…

64
  •  
  •  
  •  

काठमाडौ, २ भदौ(एजेन्सी) : एक ३० वर्षीय व्यक्तिलाई सडकमा सुतिरहेका १३ मजदुरमाथि कार चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटना भारतको नयाँ दिल्लीको निगामबोध घाट नजिकै आइतबाट बिहान सवा १० बजेतिर भएको थियो । घटनामा एक जनाको ज्यान गएको थियो ।

ऋषी कुमार नामका व्यक्तिको कार डिभाइडरमा चढेको थियो र त्यहाँ सुतिरहेका १३ जना मजदुरमाथि गुडेको थियो । घटनामा घाइते भएका सबै १३ जनालाई नजिकैका ३ अस्पतालमा पुर्याइएको थियो । उपचारका क्रममा २० वर्षीय एकराजको मृत्यु भएको सञ्चारमाध्मयहरूले जनाएका छन् ।

कार चलाउने क्रममा ऋषीले रक्सी पिएका थिए । उनलाई सोमबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । यता, घाइतेमध्ये केही सामान्य उपचारपछि घर फर्किसकेका छन् ।


  •  
  •  
  •