काठमाडौ, १ पुस(एजेन्सी) : एक युवक पूर्ण योजनाका साथ आफ्नी प्रेमीकालाई विवाहको प्रस्ताव गर्न प्रेमिकाको घरको बाहिर पुगे । चलचित्रको शैलीमा उनी क्रेनको सहारा लिएर प्रेमीकाको बेडरूमसम्म पुगे ।
यसरी प्रेमीकाको बेडरूममा छिरेपछि प्रेमीकालाई विवाहको प्रस्ताव गर्नै लाग्दा क्रेनको सन्तुलन बिग्रिएर छिमेकी घरको छत भत्कियो । नेदरल्याण्डको आइजेल्सटाईन शहरमा भएको घटनाको सूचना पाउनेबित्तिकै प्रहरी उक्त स्थानमा पुगेर नजिकका अन्य दुई भवन पनि खाली गर्यो ।
उक्त घटनामा कोही पनि घाइते नभएको सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, छिमेकीको घरको छत नै भत्किएपछि निकै नोक्सान भएको छ ।
जब युवतीले आफ्नो प्रेमी कसरी भित्र आइपुग्यो भन्ने थाहा पाइन् उनी निकै हासिन् र हाँसेरै विवाहको प्रस्ताव स्विकार गरिन् ।