२२ वर्षदेखी पिताद्वारा बलात्कार, बनिन् पिताकै ७ बच्चाकी आमा

264
  •  
  •  
  •  

No Rapeकाठमाडौँ, २७ पुस(एजेन्सी) : अर्जेन्टिनामा एक व्यक्तिलाई आफ्नै छोरीको २२ वर्षसम्म बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । अर्जेन्टिनाको लास टेरमस दी रियो होडा गाउँका ती व्यक्तिले आफ्नै छोरीको विगत २ दशकदेखी बलात्कार गर्दै आएका थिए । बलात्कारकै क्रममा ती व्यक्तिकी छोरीले ७ वटा बच्चा समेत जन्माएकी छिन् ।

अन्तराष्ट्रिय समाचार ईएल ट्रिब्युनोमा प्रकाशित समाचारका अनुसार छोरीले आफ्नो एक सन्तानको उपाचारका लागि जचाँउने क्रममा चिकित्सकले बाबु खोजेपछि उनले आफ्नै बाबु नै आफ्नो सन्तानको पिता भएको बताएपछि ५६ वर्षका ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

यसपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो । पीडित महिलाले प्रहरीसँगको बयानका क्रममा पिताले आफूलाई ९ वर्षको हुँदादेखी नै बलात्कार गरेको बताएकी छिन् । बलात्कारमा परेकी उनले अहिलेसम्म ६ वटा बच्चालाई जन्म दिइसकेकी छिन् भनै सातौ सन्तान गर्भमा रहेको छ । ती महिलाले पिताले आफ्नी आमाको मृत्यु भएपछि आफूलाई आमाको ठाऊँ लिनुपर्ने भन्दै बलात्कारको श्रृंखला सुरू गरेको बताएकी छिन् ।

पीडिताले सञ्चारमाध्यमसँग कुरा गर्दै भनेकी छिन्, ‘उनले म ९ वर्षको हुँदादेखि नै बलात्कार गरेका थिए । यदी मैले छिमेकीसँग कुरा गरेको देखे मलाई घरभित्र लखेट्दै कुट्थे । उनले मलाई सँधै धम्की दिन्थे । मलाई सँधै आफ्नो ज्यानको खतरा हुन्थ्यो । उनले मलाई यो कुरा कसैलाई भने मलाई मार्ने धम्की दिएका थिए ।’

उनले भनिन्, ‘मलाई आफ्नो र सन्तानको ज्यानको खतरा छ किनकी पिताका भाई-बहिनीहरूले मलाई उजुरी फिर्ता लिन बारम्बार धम्की दिइरहेका छन् । म आफ्नो पितालाई जेलमा सडेको हेर्न चाहन्छु । म न्याय चाहन्छु ।’

अर्जेन्टिनाको प्रहरीले गत महिुना नै आरोपीलाई पक्राउ गर्नका लागि वारेन्ट जारी गरिएको थियो । तर, ती व्यक्ति फरार रहेका थिए । लामो खोजतलासपछि गत हप्तामात्र उसलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •