काठमाडौ, ३ माघ(एजेन्सी) : एक महिलाको बलात्कार गरेपछि बलात्कारीले उनको शरिर टुक्रा टुक्रा पारेर काटेर खाएका छन् । घटनाका आरोपीले महिलाको शरिरका अंग काटेर खाएको स्विकार समेत गरेका छन् भने उनले कसरी उक्त काम गरे भन्ने जानकारी समेत प्रहरीलाई दिएका छन् ।
अनुसन्धानपछि प्रहरीले आरोपीलाई अदालतमा पेश गरेको थियो, अदालतले ती आरोपीलाई जन्मकैदको सजाय सुनाएको छ । ३७ वर्षीय ग्रेगरी स्कटले हत्या गरेका हुन् । ग्रेगरीले ३६ वर्षीय लीजा मेरी हैदरलाई रक्सी पसलबाट आफ्नो साथमा लगेका थिए । ग्रेगरीले प्रहरीलाई बताए अनुसार ग्रेगरीले प्रेतबाट छुटकारा पाउन यस्तो गरेका हुन् । ग्रेगरीले महिलाको हत्या गरेपछि उनका केही अंग खाएको समेत स्विकार गरेका छन् ।
डेली मेलका अनुसार घटना बेलायतको कफी काउण्टी जिल्लाको हो । आरोपीले प्रेतात्माले कसैलाई मारेर उसको बली चढाउन र उसका अंगहरू खानका लागि उसलाई उक्साएको प्रहरीलाई बताएका थिए । अधिकारीहरूका अनुसार प्रहरीले महिलाको जलेको शव फेला पारेको थियो । उनको शीर काटिएको थियो, उक्त शीर एक बाल्टिनमा भेटिएको थियो ।
लीजा हैदरका पूर्व पति चार्ल्स हैदरले उनले र उनका सन्तानले आरोपीलाई माफ गरिदिएको बताएका छन् । उनले ग्रेगरलाई दोषी ठहर गर्दै सजाय दिएकोमा आफू खुसी भएको बताएका छन् ।
लीजा र चार्ल्सको विवाह ६ वर्ष पहिले भएको थियो र उनीहरूका दुइ सन्तान पनि थिए । चार्ल्सले आफ्ना सन्तान निकै साना भएका कारण आफूले बच्चाहरूलाई उनकी आमा बिरामी भएको र उपचारका लागि भगवानको घर गएको भनेर शान्त पार्ने गरेको बताएका छन् ।
लीजाका पिताले आफूले ग्रेगरलाई कहिल्यै माफी नगर्ने बताएका छन् । यस घटनाको कारण उनकी सानी छोरीलाई नराम्रा सपनाहरूले सताउने गरेका छन्, जसले गर्दा उनी निकै तनावमा रहन्छिन् ।