म्यान्चेष्टर सिटी विजयी, उपाधिको लागि दुई खेल जिते पुग्ने

222
  •  
  •  
  •  

फागुन २९ – इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटी विजयी भएको छ।

जारि सिजनको ३०औँ खेल अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेष्टर सिटीले स्टोक सिटीलाई २–० ले पराजित गरेको हो। यस जितसंगै  उपाधिको लागि सिटीलाई अब मात्र दुई खेलमा जित आवश्यकता रहेको छ। लिगमा अव आठ खेल खेल्न बाकि रहेको छ।

सोमबार राति स्टोकको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटीको जितको लागि दुवै गोल डविड सिल्भाले गरेका थिए। सिल्भाले खेलको १०औँ मिनेटमा र ५०औँ मिनेटमा गोल गरेका थिए।

यस जितसँगै शिर्ष स्थानमा रहेको सिटीले १६ अंकको अग्रता लिएको छ। सिटीको ३० खेलबाट ८१ अंक रहेको छ भने दोस्रो स्थानको म्यान्चेष्टर युनाइटेडको समान खेलबाट ६५ अंक रहेको छ भने तेस्रो स्थानमा ६१ अंकका साथ टोटेह्याम रहेको छ।


  •  
  •  
  •