म्यानचेस्टर सिटीको लिगमा लगातार १२ अाैँ जित, युनाइटेडसँग दुरि बढायो

255
  •  
  •  
  •  

मंसिर १४ – इंग्लिस प्रिमिर लिग फुटबलमा शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई २–१ ले पराजित गरेको छ । यस जितसँगै सिटीको लिगमा लगातार १२ औं जित दर्ता गर्दै कीर्तिमान बनाएको छ । खेल बराबरिमा सकिने सबैले अनुमान गरिरहेको बेला अन्तिम मिनेटमा स्ट्रर्लिङले गाेल गर्दै सवैलाइ चकित पारेका थिए । 

पहिलो हाफमा गोल रहित बराबरि भएको खेलमा ४७ औं मिनेटमा केविन डि ब्राउनले गोल गर्दै घरेलु टाेलीलाइ अग्रता दिलाएका थिए । तर ७५ औं मिनेटमा रोमेउले साउथह्याम्पटनका लागि बराबरी गोल गरेका थिए । खेलकाे अन्तिम मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि म्यानचेस्टर सिटीले क्लबको इतिहारमा कीर्तिमानी १२ औं जित निकाल्न सफल भयाे ।

यस जितसँगै सिटीले दास्राे स्थानकाे म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी  ८ मा ल्याएकाे छ । सिटीको १४ खेलबाट ४० अंक भएको छ भने युनाइटेडको ३२ अंक छ भने यस हारसँगै १४ खेलबाट १६ अंकसहित साउथह्याम्पटन ११ औं स्थानमा रहेकाेछ ।


  •  
  •  
  •