छोरीको बलात्कार गर्नेलाई खाना खुवाएर हत्या

173
  •  
  •  
  •  

काठमाडौ, १६ कात्तिक(एजेन्सी) : आफ्नी १४ वर्षीया छोरीको बलात्कार गरेको आरोप लगाइएका व्यक्तिलाई खानाका लागि घरमा बोलाएर किशोरीका बाबुले गोप्य अंगमा आगो लगाएपछि घाँटी थिचेर हत्या गरेका छन् ।

दुई महिनाअघि उत्तर-पूर्व दिल्लीको खजुरी नजिकै आफ्नी छोरीको बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई पहिले घरमा बोलाएर खाना खुवाएर गोप्य अंगमा आगो लगाई अन्त्यमा घाँटी थिचेर हत्या गरेका थिए । ती व्यक्तिको हत्या गरेपछि ती बाबुले प्रहरी चौकी पुगेर घटनाबारे जानकारी दिँदै आत्मसमर्पण गरेका थिए । प्रहरीलाई दिएको बयानका क्रममा ती बाबुले बलात्कारको आरोपी आफ्नो घरमा बसेर मजाले खाना खाइरहेको र आफ्नी छोरी भने बलात्कारको घटनादेखी निकै चिन्तित देखेपछि आफूलाई निकै दुःख लागेको बताएका थिए ।

murder३६ वर्षका ती बाबुले प्रहरीलाई दिएको बयान अनुसार मारिएका आरोपी व्यक्ति औषधीको वितरक हो र उक्त व्यक्तिले करिब दुई महिना अगाडि १४ वर्षिय किशोरीको बलात्कार गरेका थिए । ती व्यक्तिले दुई महिना अगाडि आफू पसलमा रहगेको अवस्थामा उनको घर पुगेर एक्लै रहेकी आफ्नी छोरीको बलात्कार गरेको बताएका छन् । बलात्कार पछि किशोरीलाई घटनाबारे कसैलाई केही नभन्न समेत धम्की दिएको उनको भनाई छ ।

किशोरीले यसबारेमा पितालाई बताएपछि उनी बदनामी हुने डरले प्रहरी सामू पुगेनन् । त्यसपछि उनले उक्त व्यक्तिको हत्या गर्ने योजना बनाउन लागे ।

ती बाबुले औषधी वितरक ती व्यक्तिलाई केही महत्वपूर्ण कुराहरु गर्ने भन्दै घरमा बोलाएका थिए । यसपछि उनले राती खाना खुवाए र खाना खाएपछि उनलाई कुर्सीमा बाँधेर गोप्य अंग जलाइदिए । यसपछि घाँटी थिचेर उसको हत्या गरिदिए । ती व्यक्तिको बयानका आधारमा प्रहरी घटनास्थलमा पुग्यो र शव बरामद गरेको थियो । मृतकका परिवारलाई घटनाबारे जानकारी दिएको छ भने ती व्यक्तिलाई हत्याको मुद्धा दर्ता गरिएको छ ।


  •  
  •  
  •