बलिउड अभिनेत्री ममता कुलकर्णी लागुऔषधसहित पक्राउ परेकी छन् । कुलकर्णीसँगै उनका पति विजय गोस्वामी ‘विकी’ पनि पक्राउ परेको भारतीय सत्तचार माध्यमहरुले जनाएका छन् ।
उनीहरु दुवैलाई केन्या प्रहरीले केन्याको मोम्बासाबाट लागुऔषधसहित पक्राउ गरेको हो। केन्या प्रहरीले कुलकर्णी र उनका पतिलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ । उनीहरुलाई केन्या प्रहरीले आइतबार नै पक्राउ गरेको भएपनि घटना बिहीबार मात्र सार्वजनिक भएको हो ।
केन्याको स्थानीय पत्रपत्रिकाहरुमा भने यसबारेको खबर आइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 42 वर्षकी कुलकर्णी सन् 1991 देखि 2002 सम्म बलुउडमा सक्रिय थिइन् । उनले करन अर्जुन, आन्दोलन, किस्मत लगायतका चलचित्रमा अभिनय गरेकी छन्।