काठमाडौं, १४ भदौं (ओएनएस) ; वैदेशिक रोजगार व्यवसायीले मलेसियामा फ्रि भिसा र फ्रि टिकटमा ७१ हजारभन्दा बढी कामदारको माग ल्याएका छन् । खाडीका ६ मुलुक र वैदेशिक रोजगार विभागले ती मागमा पूर्वश्रमस्वीकृति दिइसकेको छ ।
श्रम तथा रोजगार मन्त्रालयले असार २१ गतेबाट ७ मुलुकमा फ्रि भिसा र फ्रि टिकट लागू गरे पनि वैदेशिक रोजगार व्यवसायीको आन्दोलनका कारण साउनबाट मात्र लागू भएको थियो ।
‘फ्रि भिसा र फ्रि टिकट लागू भएपछि केही समय पूर्वश्रमस्वीकृतिका लागि न्यून मागपत्र पेस भएको थियो ।