मलेसियाले ल्यायो घर फिर्ती कार्यक्रम

274
  •  
  •  
  •  

काठमाडौं ११ साउन (ओएनएस) : मलेसियाली सरकारले गैरकानुनी हैसियतमा रहेका आप्रवासी कामदारलाई घर फर्काउन नयाँ कार्यक्रम ल्याएको छ । ‘स्वेच्छिक फिर्ती कार्यक्रम’ (भोलुन्टरी डिपोर्टेसन प्रोग्राम) नाम दिइएको यस कार्यक्रमअन्तर्गत गैरकानुनी हैसियतका आप्रवासी कामदार आगामी डिसेम्बर ३१ भित्रमा न्यूनतम शुल्कमा स्वदेश फिर्न सक्नेछन् । गैरकानुनी हैसियतका आप्रवासी कामदार चारसय रिंगिट (१२ हजार रुपैंया) शुल्क तिरेर स्वदेश फिर्न सक्ने मलेसियाली गृहमन्त्री अहमद् हमिदीलाई उद्धृत गर्दै स्थानीय अंग्रेजी दैनिक ‘द स्टार’ ले उल्लेख गरेको छ ।

गैरकानुनी कामदार हटाउन भन्दै तीनबर्षअघि ‘आममाफी तथा बैधता कार्यक्रम’ सकिएको झण्डै डेढ बर्षपछि पुनः यो कार्यक्रमलार्य ल्याएको हो । उसले यसलाई गैरकानुनी आप्रवासी कामदारका लागि ‘सुनौलो अवसर’ भनेको छ । झण्डै साढे ५ महिने यो कार्यक्रम पूर्ण रुपमा लागू भएमा हजारौं नेपाली न्युनतम शुल्कमा घर र्फकन पाउनेछन् । ‘यो कार्यक्रम एउटा राम्रो अवसर हो ।


  •  
  •  
  •