सुसाइड नोट लेखेरे मलेसियामा गरे एक नेपालीले आत्महत्या

282
  •  
  •  
  •  

काठमाडाैँ , ४ चैत (ओएनएस) : सुसाइड नोट लेखेरे मलेसियामा एक नेपालीले आत्महत्या गरेका छन्। वैदेशिक राेजगारीका क्रममा रहेका सुनसरी भरोलका सन्तोष राईले शनिबार आत्महत्या गरेका हुन् ।

मलेसियाको जोहरबारुस्थित सेनाइ मोर्नी एएसजे इलेक्ट्रोनिक कम्पनीमा काम गर्ने सन्तोषले आफ्नै कोठामा आत्महत्या गरेका हुन् । ।

एक वर्ष पहिले मलेसिया आएका सन्तोषले परिवारको नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेको कम्पनीले जनाएकाे छ।

नाता प्रमाणीकरण पत्र आएपछि छिट्टै शव नेपाल पठाउने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।


  •  
  •  
  •