मलेसियामा नेपाली कामदार चढेको बस दुर्घटना, ३६ नेपाली घाइते

555
  •  
  •  
  •  

काठमाडौँ, ११ असार (ओएनएस) : मलेसियामा नेपाली कामदार चढेको बस दुर्घटना परेकाे छ। पेनाङस्थित पया टेर्‍वोङमा ६० जना कामदार कामदार बोकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ नेपाली कामदार घाइते भएका छन्।

उनीहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । ‘मेरो टाउकोमा सामान्य चोट लागेको छ,’ दुर्घटनामा घाइते भएका दाङका सागर मगरले भने, ‘अहिले उपचार भइरहेको छ ।’

प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान साढे ५ बजे दुर्घटना भएको हो ।

घाइतेमध्ये अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको मलेसियन सञ्चारमाध्यमले जनाएकाे छ।


  •  
  •  
  •