काठमाडौं , ७ असाेज (ओएनएस) : मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ नेपाली सहितझन्डै साढे ३ सय कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ।
हालै साइवरजयाको एक कम्पनीमा छापा मारी २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना अवैधानिक रुपमा बसाेबास गरिरहेकाे फेला पारेपछि उनीहरुलार्इ पक्राउ गरिएकाे मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ ।
अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि प्रकृयामा नआउनेहरुलाई मलेसियन सरकारले पक्राउको अभियान चलाएको त्यहाँकाे सञ्चार माध्यमहरुले जनाएका छन्।
पक्राउ पर्नेमा १ सय ७२ जना इण्डोनेसियाली, ५५ जना बंगलादेशी, ४७ जना नेपाली र २५ जना म्यानमारका र बाँकी अन्य देशका नागरिक भएको बताइएको छ ।