मलेसिया एयरपोर्टमा १६० नेपाली थुनिए

92
  •  
  •  
  •  

काठमाडौं, ८ असोज : रोजगारदाता लिन नआएपछि मलेसियास्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय १६० जना नेपाली कामदार महिनौंदेखि अलपत्र परेका छन् । अलपत्रमध्ये कतिपय नकामदारको स्वास्थ स्थिति नाजुक रहेको छ ।

मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले अलपत्र परेका नेपाली कामदार क्वालालम्पुर विमानस्थलस्थित डिटेन्सन क्याम्पमा बसिरहेको जानकारी दिए । ‘रोजगारदाता लिन नआउँदा विमानस्थलमा अलपत्र कामदारलाई उद्धार गरी फर्काउन पहल भइरहेको छ, उनले भने । यसबाहेक मलेसियाका विभिन्न सहरमा अन्य सयौं नेपाली कामदार जेलमा रहेका र अलपत्र परेको उनले बताए ।

अन्य स्थानमा अलपत्र परेकामध्ये अधिकांश गैरकानुनी कामदार छन् । गैरकानुनी कामदारलाई स्वदेश फिर्ता गर्न नेपाली दूतावासले विशेष पहल गरिरहेको  छ ।

अन्नपुर्ण पोष्ट बाट


  •  
  •  
  •