नेपाल र मलेसियाबीच रोजगारी खुलाउन १० बुँदे सहमति

305
  •  
  •  
  •  

काठमाडौं । विगत १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खोल्ने सहमति भएको छ ।

नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी बिहीबार १० बुँदे सहमति गरेको हो ।

यो सँगै अब नेपालबाट नयाँ कामदार मलेसिया जाने बाटो खुल्ला भएको छ । कामदारहरु अब शून्य लागतमा मलेसिया जान पाउनेछन् ।

कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने दुई देशबीच समझदारी भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मलेसिया रोजगारी पूर्ववत अवस्थामा सूचारु गर्ने सहमति भएको जानकारी गराए ।

बैठक तीन दिनसम्म चलेको थियो । सहमतिसँगै दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौता कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको छ ।


  •  
  •  
  •