विवाह अघि नै बेहुला गर्भवती भएपछि…

137
  •  
  •  
  •  

संसारमा दैनिक हजारौं जोडीले विवाह गर्दछन् । विवाह गर्नु कुनै अनौठो कुरा होइन । तर यहाँ एउटा यस्तो विवाह हुँदैछ, जुन आश्चर्यजनक नै छ । यो विवाहको अनौठो तथ्य हो, विवाह अघि नै दुलाहाले ८ महिनाको गर्भ हुर्काइसकेका छन् ।

अनौठो लाग्यो ? तर भएको छ यस्तै । घटना अर्जेन्टिनाको हो । त्यहाँ भएको एक खास विवाहमा दुलाहा एलेक्सिस ताबोरदा जन्मजात महिला थिए र दुलही कैरेन ब्रुसलेरियो जन्मजात पुरुष हुन् । तर पछि उनीहरुले आफ्नो लिंग परिवर्तन गरे । रमाइलो कुरा त यो छ कि उनीहरुले आफ्नो लिंग बदल्नको लागि कुनै अपरेशन गरेका थिएनन् । तर उनीहरुले आफ्नो बाहिरी पहिचान बदलेका थिए । केवल बाहिरी रुपमा लिंग परिवर्तन गरेपनि उनीहरु जन्मजात जे थिए, त्यही छन् ।

जे भएपनि एलेक्सिस आफूलाई पुरुष नै भन्छन् र कैरेन आफूलाई महिला भन्छिन् । उनीहरु कानुनी रुपले पनि त्यही छन् । उनीहरु दुवैजना ट्रान्ससेक्सुअल र ट्रान्सजेन्डर अधिकारकर्मी हुन् । उनीहरुको भेट अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा भएको थियो, जहाँ दुवै अधिकारकर्मीकै रुपमा संघर्षरत थिए । २०१० मा अर्जेन्टिना समान लिंगीय जोडीलाई विवाहको अधिकार दिने ल्याटिन अमेरिकाको पहिलो देश बनेको थियो । २ वर्षपछि अर्जेन्टिनामा कानुनले नै ट्रान्सेक्सुअलका लागि राष्ट्रिय परिचय पत्र लिने बाटो खुलेको थियो ।

उक्त व्यवस्था अनुसार जोकोहीले पनि त्यो लिंग रोज्न स्वतन्त्र हुन्छ, जुन लिंग हो भन्ने ऊ आफूलाई अनुभूति हुन्छ । वास्तवमा यही कानुनका कारण उनीहरुको विवाह सम्भव भएको हो । २६ वर्षीय ताबोरदा, जो कानुनी रुपमा अब पुरुष हुन् भन्छन्, ‘हाम्रो पहिले नै क्याथोलिक चर्चमा विवाह गने इच्छा थियो र हामीले अर्जेन्टिना मूलका पोप फ्रैंसिसलाई इमेल पनि गरेका थियौं ।

तर कुनै प्रतिक्रिया आएन । अहिले म ३३ हप्ताको गर्भवती छु, तर, मातृत्वको अनुभूति त्यति साह्रो भइरहेको छैन ।’ उनीहरुको सम्बन्धलाई परिवारले पनि उत्सुकताको साथ हेरिरहेको छ । ताबोरदाले २२ डिसेम्बरमा अपरेशनबाट आफ्नो पेटको बच्चालाई जन्म दिनेछन् । त्यसो त, उनीहरुले बच्चाको नाम पनि सोचिसकेका छन् । बच्चाको नाम हुनेछ, ‘जेनेसिस एन्जेलिना ।’


  •  
  •  
  •