माल्दिभ्सका राष्ट्रपति यमिन पनि काठमाडौं आइपुगे

306
  •  
  •  
  •  

काठमाडौं, ९ मंसिर (ओएनएस) :  बुधबार र बिहिबार काठमाडौंमा हुने १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन काठमाडौंमा आइपुगेका छन् । यमिन काठमाडौं अवतरण गर्ने चौथा राष्ट्रप्रमुख हुन् । यसअघि श्रीलंकाली राष्ट्रपनि महिन्दा राजापाक्षे, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ टोब्बे काठमाडौं आइपुगिसेका छन् । माल्दिभ्सका राष्ट्रपति यमिन माध्यन्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रि विमानास्थलमा अवतरण गरेका थिए । उनलाई उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, पर्यटन मन्त्री दीपकचन्द्र अमात्य, मूख्यसचिव लीलामणि पौडेललगायतले स्वागत गरे । यमिनको सम्मानमा नेपाली सेनाले राष्ट्रिय गानसहित सलामी अर्पण गरेका थिए ।


  •  
  •  
  •