माल्दिभ्स : राष्ट्रपतिकाे विरोधमा उत्रेका प्रदर्शनकारी पक्राउ

306
  •  
  •  
  •  

४ चैत्र : माल्दिभ्समा राष्ट्रपति विरुद्ध विरोधमा उत्रेका प्रदर्शनकारीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे छ।

माल्दिभ्समा राष्ट्रपतिविरुद्धका प्रदर्शनहरूमाथि लगाइएका प्रतिबन्धहरु तोड्दै विरोधमा उत्रिएका १ सय ४० भन्दा बढी मानिसलाई प्रहरीले पक्राउ गरेकाे विपक्षी दलले बताएको छ।

शनिवार बिहान केही घण्टा भएका प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्नका लागि अश्रुग्यास प्रहार गरेको गरेको माल्दिभियन डेमोक्रयाटिक पार्टीले बताएको छ।

तीन जना सांसदलाई पनि नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ।विपक्षी दलका नेताहरुमाथि लगाइएको आपराधिक अभियोगहरू माल्दिभ्सको सर्वोच्च अदालतले खारेज गरिदिएपछि त्यहाँ फेब्रुअरीको शुरुवातदेखि राजनीतिक तनाव चर्किन पुगेको हो। उनको त्यस्तो कदमको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको थियो।


  •  
  •  
  •