मलेसियामा रहेका अवैध नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया सुरु

184
  •  
  •  
  •  

malaysiaमलेसिया, १५ फागुन (ओएनएस) :  मलेसियामा अवैध रुपमा काम गर्दै आएका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु भएको छ ।

मलेसियाको अध्यागमन विभागले बिहिबारदेखि नेपालसहित विभिन्न देशका गैर–कानुनी कामदारलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाएको हो । यहि साता मलेसियाको मन्त्रिपरिषद बैठकले अवैध कामदारलाई स्वदेश फर्कन मौका दिने निर्णय गरेको थियो ।

यसअघि गत सेप्टेम्बरदेखि डिसेम्बरसम्म पनि यस्तो मौका दिइएको थियो । यो अवधिमा नेपालका १६ हजार कामदार नेपाल फर्किएका थिए । मलेसियामा हाल ५० हजार अवैध कामदार रहेका अनुमान गरिएको छ ।

मलेसियाको पूर्वकर्मचारीहरुको संगठनको पहलमा मलेसियाले अबैध कामदारलाई फेरि मौका दिएको हो । मलेसियास्थित नेपाल दूतावासले यो मौकाको सदुपयोग गर्न अबैध काम गर्दै आएका नेपालीहरुलाई अनुरोध गरेको छ


  •  
  •  
  •