मलेसियामा रहेका नेपालीलाई खुसीको खबर, पासपोर्टको जानकारी मोबाइलबाटै

191
  •  
  •  
  •  

मलेसिया, ५ फागुन (ओएनएस) : मलेसियास्थित नेपाली दूतावासले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) नविकरण सेवाको सुचना एस.एम.एसबाट पनि दिने भएको छ ।  मलेसियास्थित नेपाली दूतावासले सुचना जारी गर्दै मलेसियन कम्पनीसँगको सहकार्यमा छिटो तथा छरितो सेवा प्रदान गर्न यस्तो सेवा ल्याइएको जनाएको छ ।

सुचना अनुसार पासपोर्ट चेक गर्न मोबाइनलको म्यासेज बक्समा गई एन पी पी टाइप गरि स्पेस दिएर आफ्नो पुरानो पासपोर्ट नम्बर टाइप गरि ३६६६० मा पठाएर जानकारी लिन सकिनेछ । सेवा पछि मलेसियामा रोजगारीका रहेका नेपालीहरुले राहतको महसुस गरेका छन् ।

मलेसियाको पोर्ट केलाङमा काम गर्दै आएका भोजपुरका प्रदिप पराजुलीले भने, ‘हामी दूतावासको अनलाइन खोलेर आफ्नो पासपोर्ट आए नआएको जानकारी लिन नजानी रहेको बेला यो सेवाले राहत महसुस गरेका छौं । ’ दूतावासले पोटपोर्ट नविकरण्ढा भएर आए–नआएकमो बारेमा जानकारी लिन दूतावासको आधिकारीक वेवसाइटमा राखेपनि यहाँ कार्यरत नेपालीहरुको पहुँचमा नभएकोले एस.एम.एस सेवा ल्याइएको जनाएको छ ।

सेवाले नेपालीहरुलाई धेरै हदसम्म सुविधा हुने मलेसियाका लागि नेपाली राजदूत डा. नीरञ्जनमान सिंह बस्न्यातले बताए ।


  •  
  •  
  •