मलेसियाको जनजाती महासंघले तुलाधरलाई आर्थिक सहयोग गर्ने

222
  •  
  •  
  •  

क्वालाmalaysiaलाम्पुर, १५ माघ(ओएनएस) : नेपाल जनजाती महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले हालको राजनीतिक अवस्थामा नेपाल जनजाती महासंघले जनजातीको सवालमा प्रभावकारी भूमिका खेल्न नसकेको कुनै सहयोग नगर्ने जनाएको छ । संविधान निर्माणका क्रममा महासंघपछि हटेको र जनजातीको मुद्धालाई ओझेलमा पार्न खोजेकाले महासंघको औचित्य सकिएको समेत महासंघ मलेसियाले ठहर गरेको छ ।

जनजाती महासंघ मलेसियाका अध्यक्ष सुन्दर आलेको अध्यक्षतामा क्वालालाम्पुरमा बसेको महासंघको बृहत भेलाले पद्मरत्न तुलाधरको जनजाती आन्दोलन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ । आन्दोलनलाई प्रभावकारी बनाउनका लगि आर्थिक सहयोग समेत गर्ने निर्णय गरेको जनजाती महासंघ मलेसियाले जनाएको छ ।

मलेसियाका अध्यक्ष आलेको अध्यक्षतामा आर्थिक संकलन समिति बनाई आन्दोलनको लागी रकम जम्मा भईरहेको र जम्मा भएको रकम चाँडै नेपाल पठाउने तयारी भइरहेको छ ।

आलेले आफूहरू अहिले पनि महासंघ अन्तर्गत नै रहेको तर महासंघले खेल्नुपर्ने भूमिका प्रभावकारी ढंगले खेल्न नसकेका कारण आफूअरू दुःखी भएको बताएका छन् । उनले महासंघकै कमजोर भूमिकाका कारण तुलाधरको आन्दोलनलाई हाल सहयोग गर्न लागेको बताएका छन् । आन्दोलनको अवस्थालाई विचार गरेर सहयोग रकम नेपाल पठाउने समेत आलेको भनाइ छ ।

अहिले मलेसिया, कतार, दुबई लगायत विश्वभरबाट तुलाधरको आन्दोलन समितिलाई आर्थिक सहयोग पठाई रहेको बुझिएको छ ।


  •  
  •  
  •