हावाहुरी पीडितलाई मलेसियाबाट आर्थिक सहयोग

101
  •  
  •  
  •  

काठमाडौं । बारा र पर्साका हावाहुरी पीडितलाई मलेसियामा रहेका नेपाली समुदायले एक लाख एक हजार ४०३ सहयोग गरेका छन् ।

मलेसियामा क्रियाशील नेपाली संघसंस्था, नेपाली व्यवसायी समाज, जनजाति महासंघ, सुदूरपश्चिम सेवा समाज, दोलखा सेवा समाज, नेपाली आदिवासी जनजाति पत्रकार महासंघ र खोटाङ सेवा समाजका प्रतिनिधिले संयुक्तरूपमा उक्त रकम सहयोग गरेका हुन् ।सहयोग रकम मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसमक्ष हस्तान्तरण गरिएको छ ।

हावाहुरी पीडितका लागि संकलन गरिएको आर्थिक सहयोगका निम्ति धन्यवाद दिँदै राजदूत पाण्डेले उक्त रकम प्रधानमन्त्री राहत तथा दैवीप्रकोप उद्धार कोषमा दाखिला गर्ने बताएका थिए ।क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसारमलेसियाको क्वाललम्पुरस्थित नेपाली दूतावासले त्यहाँबाट प्रदान गरिने सेवा सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले तेरेङ्गानु राज्यमा कन्सुलर शिविर सञ्चालन गर्ने भएको छ ।

यही वैशाख ८ गते तेरेङ्गानुस्थित होलट ग्राण्ड कन्टिनेन्टलमा सञ्चालन गरिने उक्त शिविरबाट राहदानी नवीकरण आवेदन, नयाँ राहदानी आवेदन, यात्रा अनुमतिपत्र बनाई स्वदेश फर्कन सहयोग गरिने र श्रमसम्बन्धी गुनासोको सुनुवाइ गरिने दूतावासले जनाएको छ ।दूतावासले कामका सिलसिलामा त्यस क्षेत्रमा रहेका नेपालीलाई शिविरमा सहभागी भई सेवा लिन पनि अनुरोध गरेको छ ।


  •  
  •  
  •