मलेसिया जाने कामदारको अन्तिम स्वीकृति दिन शुरु

85
  •  
  •  
  •  

काठमाडौं, २६ चैत(ओएनएस) : मलेसिया जाने कामदारको अन्तिम स्वीकृति दिन शुरु गरिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिषा आएका कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको ८ दिनपछि २ जना कामदारलाई अन्तिम स्वीकृति दिइएको छ ।

काठमाडौंको ताहाचलमा रहेको कार्यालयबाट कलिङ भिषा आएका २ जना कामदारले अन्तिम स्वीकृति प्रदान गरेको जनाइएको छ ।

काठमाडौं कार्यालयका एक कर्मचारीका अनुसार सोमबार एक मेनपावर कम्पनी मार्फत आएका २ जना कामदारका लागि अन्तिम स्वीकृति दिएको हो ।


  •  
  •  
  •