मलेसिया रोजगारी खुलाउन राजदूत पाण्डेलाई ध्यानाकर्षण

582
  •  
  •  
  •  

काठमाडौं, चैत(ओएनएस) : नेपाली कांग्रेसको भातृ संस्था कांग्रेस जनसम्पर्क समिति, मलेसियाले मलेसिया रोजगारी खुलाउने विषयमा ध्यानाकर्षण गराएको छ ।

मलेसियाका लागी नवनियुक्त नेपाली राजदूत उदयराज पाण्डेलाई पाण्डेको स्वागतका लागी दूतावासमा बुधबार आयोजित कार्यक्रममा समितिका अध्यक्ष तोलाकान्त पंगेनीले स्वागत पत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष पंगेनीले विगत १० महिनादेखि मेलेसियामा नयाँ श्रमिक आउने क्रम अवरोध रहेको भन्दै वैदेशिक रोजगारमा जान पाउने नागरिकको स्वतन्त्र अधिकार भएको बताएका थिए ।

त्यस्तै अध्यक्ष पंगेनीले जनसम्पर्क समितिले नेपाल र मलेसियाबीचको सम्बन्धलाई राजदूत पाण्डेले उच्च महत्व दिने र श्रमिक आदन–प्रदानमा आएका समस्या छिट्टै हल गर्ने विश्वास लिएको बताएका थिए ।

सो अवसरमा राजदूत पाण्डेले जनसम्पर्क समिति मलेसिया प्रति आभार प्रकट गर्दै आफु मलेसिया रहुन्जेल कुनै पनि श्रमिकहरुलाइ काखा र पाखा नगरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
उनले बन्द रहेको मलेसियाको रोजगारी खुलाउन पहल गर्नेमा जोड दिएका थिए ।


  •  
  •  
  •