मलेसियाले नेपाललाई पठायो स्वास्थ्य परीक्षणको मापदण्ड

44
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने संकेत देखिएको छ । मलेसियाले नेपाललाई स्वास्थ्य परीक्षणको मापदण्ड पठाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार श्रम समझदारीमा भएको व्यवस्थाअनुसार मलेसियाले केही दिनअघि मात्र स्वास्थ्य परीक्षणको मापदण्ड बनाएर पठाएको हो ।
अब मन्त्रालयले नवीकरण भएका तथा कालोसूचीमा नपरेका स्वास्थ्य परीक्षण गर्ने संस्थाको लागि मापदण्ड सार्वजनिक गर्नेछ ।

मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ । यसअघि स्वास्थ्य परीक्षणमा लापरवाही भएको भन्दै मन्त्रालयले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिने भएको छ ।

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ ।


  •  
  •  
  •