मलेसियामा ९ नेपालीसहित एक सय विदेशी कामदार पक्राउ

70
  •  
  •  
  •  

काठमाडौं माघ(ओएनएस) : मलेसियामा ९ नेपालीसहित एक सय जना विदेशी कामदारलाई पक्राउ गरिएको छ ।

अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ९ जना नेपाली रहेका छन् । यस्तै ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक रहेको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुमध्ये केहीसँग कागजात नभएको र केही सम्झौता अवधिभन्दा धेरै बसेको पाइएपछि पक्राउ गरिएको समाचारमा उल्लेख छ ।

बिहीबार सिटी सेन्टरमा अध्यागमका कर्मचारीले जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । कानून उल्लङघन गर्नेहरु विरुद्ध कारबाही गरिने मलेसियाको अध्यागमन विभागले जनाएको छ ।


  •  
  •  
  •