मलेसियामा थप १४ नेपालीमा कोरोना संक्रमण, संक्रमितको संख्या ८१ पुग्यो

85
  •  
  •  
  •  

काठमाडौं । मलेसियामा थप १४ नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । योसँगै मलेसियामा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८१ पुगेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

मलेसियामा कोरानो सङ्क्रमित नेपालीमध्ये २२ जना निको भएका छन् । कोरोना सङ्क्रमित सबैजना पुरुष रहेका छन् ।


मलेसियामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या बढेको छ । अहिलेसम्म ८ हजार २४७ जनामा कोरोना सङ्क्रमण भएकोमा ६ हजार ५५९ जना निको भएका छन् भने १५ सय ७३ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा १ सय १५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

मलेसियाले कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको सङ्केत गर्दै मे ४ देखि लकडाउन पनि खुकुलो बनाएको छ ।


  •  
  •  
  •