मलेसियामा नेपालीको मृत्यु

70
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ३ महिनाअघि मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ। पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडाका हेमलाल दुलाल सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

यसअघि पनि पटक(पटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गत असोज १६ गते मलेसिया पुगेका थिए।

हृदयघातका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। उनका एक श्रीमती,एक छोरा र एक छोरी छन्।


  •  
  •  
  •