मलेसियामा एक नेपालीको मृत्यु

48
  •  
  •  
  •  

सप्तरी । रोजगारीका निम्ति मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादव रहेका छन् ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएका थिए ।

अचानक बेहोस भएर गएको भनिए पनि कुन कारणले कसरी ज्यान गयो भन्नेबारे यकिन हुन नसकेको यादवको पारिवारिक स्रोतले जनाएको छ ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह समेत गरेका छन् । यादव दुई वर्षअघि मलेसिया पुगेका थिए ।


  •  
  •  
  •