मलेसियाका लागि ६४ जनाले लिए श्रम स्वीकृति

152
  •  
  •  
  •  

काठमाडौं, २९ चैत(ओएनएस) : चार दिनमा ६४ जनाले श्रम कार्यालय ताहाचलबाट कलिङ भिसाका लागि स्वीकृति लिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत् मलेशिया जाने कामदारको श्रम स्वीकृति खुला गरेपछि सो संख्यामा स्वीकृति लिइएको हो ।

सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको थियो ।
मलेशियाबाट ७ हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् ।

भिसा पाएका सम्पूर्ण कामदारलाई नियमितरूपमा श्रम स्वीकृति दिइने कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए ।

श्रम कार्यालय ताहाचलले १७ गते नै कामदार पठाउन अनुमति पाएको भए पनि २५ गतेबाट मात्र श्रम स्वीकृति दिन शुरु गरेको थियो । जसमध्ये पहिलो दिन २५ गते दुईले श्रम स्वीकृति लिएका थिए । त्यस्तै २६ गते १७, २७ गते सात र २८ गते ३८ जनाले श्रम स्वीकृति लिइसकेका छन् ।


  •  
  •  
  •